युभेन्टससँग चेल्सीको बदला (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । पहिलो लेगमा युभेन्टससँग बेहोरेको हारको बदला लिंदै डिफेन्डिङ च्याम्पियन चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह एचतर्फको पाँचौं खेलमा चेल्सीले युभेन्टसलाई ४–० ले हरायो र पहिलो लेगमा टुरिनमा बेहोरेको १–० को हारको बदला लिन पनि सफल भयो । स्टामफोर्ड ब्रीजमा भएकाने खेलको २५औं मिनटमा ट्राबो चालोबाले चेल्सीका लागि पहिलो गोल गरे ।

खेलमा एकतर्फी जित निकालेको चेल्सीले थप तीन गोल दोस्रो हाफमा गर्यो । ५५औं मिनटमा रिची जेम्सले दोस्रो गोल थपे भने त्यसको तीन मिनट लगतै केलम हडसन ओडोईले तेस्रो गोल गरे ।

त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा टिमो वेर्नरले चौथो गोल गर्दै घरेलु टोलीको शानदार जित सुनिश्चित गरे । समूह एचमा ५ खेलबाट समान १२–१२ अंक जोडेको चेल्सी र युभेन्टस नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह एच कै अर्को खेलमा माल्मो र जेनिट सेन्टर पिटसबर्गले १–१ को बराबरी खेलेपछि समूहको एक खेल बाँकी छँदै चेल्सी र युभेन्टसको नकआउट चरणको यात्रा निश्चित भएको हो ।

४ अंक जोडेको जेनिट तेस्रो स्थानमा छ र उसको युरोपा लिग खेल्ने सम्भावना मात्र कायम छ । उता १ अंक मात्र जोडेको माल्मो पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...