रोनाल्डोको किर्तिमानी गोलसँगै म्यानचेष्टर नकआउट चरणमा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको लगातार पाँच खेलमा गोल गर्ने खेलाडीको किर्तिमान बनाएकै दिन म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह एफमा रहेको म्यानचेष्टरले आफ्नो पाँचौं खेलमा भिल्लारियललाई उसकै घरमा २–० ले हरायो । म्यानचेष्टरका लागि ७८औं मिनटमा रोनाल्डोले र ९०औं मिनटमा जेडन सान्चोले गोल गरे । क्लबका लागि सान्चोको त्यो डेब्यु गोल समेत थियो ।

समूह एफमा ५ खेलबाट १० अंक जोडेको म्यानचेष्टर शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्न सफल भयो । ७ अंक जोडेको भिल्ला रियल दोस्रो स्थानमा छ भने ६ अंकका साथ एटलान्टा तेस्रो स्थानमा छ । ४ अंक जोडेको योङ ब्वाइज भने पुछारमा छ ।

समूह एफबाट भिल्लारियलसँगै एटलान्टाको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । योङ ब्वाइज भने च्याम्पियन्स लिगको होडबाट बाहिरिए तापनि उसको युरोपा लिगको सम्भावना कायम छ । जुन समूह चरणको अन्तिम खेलबाट टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...