इन्टरसँग निराश बन्यो लिडर नापोली (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । साविक विजेता इन्टर मिलानले लिगलिडर नापोलीमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै लिग उपाधि जोगाउने आफ्नो सम्भावनालाई यथावत राखेको छ ।

इन्टरको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा अग्रता नापोलीले लिएको थियो । १७औं मिनटमा पियोटर जिलिन्स्कीले नापोलीका लागि पहिलो गोल गरे । तर लगतै इन्टरले पनि पेनाल्टीको अवसर पायो ।

२५औं मिनटमा हकन कलहनोग्लुले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई खेलमा फर्काएका थिए । ४४औं मिनटमा इभान पेरिसिकले इन्टरका लागि दोस्रो गोल गर्दा घरेलु टोलीले पहिलो हाफ मै २–१ को अग्रता बनाउन सफल भएको थियो ।

दोस्रो हाफको ६१औं मिनटमा लौतारो मार्टिनेजले इन्टरका लागि तेस्रो गोल गरे । जुन गोल निर्णायक गोल पनि बन्यो । उता नापोलीका लागि ७८औं मिनटमा ड्राइज मार्टेन्सले दोस्रो गोल फर्काए तापनि टोलीको हार टार्न सकेनन् ।

हारका बावजुद १३ खेलबाट ३२ अंक जोडेको नापोली शिर्ष स्थान मै यथावत छ । उता महत्वपूर्ण तीन अंक बटुलेको नापोली भने २८ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...