फेरि शिर्षताको होडमा फर्कियो सिटी (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टरले लिग उपाधिको होडमा आफ्नो दावेदारीता कायम राख्ने क्रममा आइतबार इभर्टनमाथि ३–० को सहज जित निकालेको छ ।

इतिहाद स्टेडियममा सिटीका लागि ४४औं मिनटमा रहिम स्टर्लिङले पहिलो गोल गरे । दोस्रो हाफको ५५औं मिनटमा रोड्रीले त्यो अग्रता दोब्बर पारे । त्यस्तै खेलको अन्तिमतिर ८६औं मिनटमा बर्नाडो सिल्वाले तेस्रो गोल गर्दै सिटीको जित पक्का गरे ।

यो जितसँगै १२ खेलबाट २६ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ र लिगलिडर चेल्सी भन्दा ३ अंकले मात्र पछाडी छ । उता पराजित इभर्टन भने १५ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...