जाभीको जिम्मेवारीमा बार्सालाई पहिलो सफलता (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । क्लबको व्यवस्थापकीय जिम्मेवारी सम्हालेका क्लब लिजेण्ड जाभीले बार्सिलोनालाई आफ्नो पहिलो खेलमै जितको स्वाद चखाएका छन् । शनिबार भएको क्याटलन डर्बीमा बार्सिलोनाले शहरी प्रतिद्वन्द्वी इस्पान्योललाई शून्यका विरुद्ध १ गोलले हरायो ।

क्याम्प नोउमा भएको खेलको ४८औं मिनटमा मेम्फिस डिपेले गरेको एक मात्र पेनाल्टी गोल बार्सिलोनालाई जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै १३ खेलबाट २० अंक जोडेको बार्सा लिगतालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित इस्पान्योल भने १४ खेलबाट १७ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...