प्रिमियर लिगमा जेरार्डको सुखद पूनःरागमन

काठमाडौं (एजेन्सी) । प्रिमियर लिग लिजेण्ड स्टिभन जेरार्डले जिम्मेवारी सम्हालेको पहिलो खेलमै एस्टन भिल्लाले प्रभावशाली जित हात पारेको छ ।

स्कटिस क्लब रेन्जर्सबाट हालै भिल्ला पार्क आएका पूर्व लिभरपुल लिजेण्ड जेरार्डको नेतृत्वमा शनिबार भिल्लाले ब्राईटन माथि २–० को जित निकाल्यो । भिल्लाले अन्तिम ६ मिनट भित्र दुई नाटकीय गोल गर्यो ।

८४औं मिनटमा ओली वाटकिन्सले भिल्लाका लागि पहिलो गोल फर्काउँदो ८९औं मिनटमा टायरन मिंग्सले दोस्रो गोल गर्दै भिल्ला पार्कमा घरेलु टोलीको रोमाञ्चक जित पक्का गरेका थिए ।

यो जितसँगै भिल्ला १२ खेलबाट १३ अंकका साथ १५औं स्थानमा छ । पराजित ब्राईटन भने हारका बावजुद १७ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...