लेस्टरमाथि चेल्सीको शानदार जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । लिगलिडर चेल्सीले प्रिमियर लिगमा शानदार जित हात पार्ने क्रममा लेस्टर सिटीलाई उसकै घरमा ३–० ले हराएको छ र आफ्नो शिर्षतालाई कायम राखेको छ ।

किंग पावर स्टेडियममा भएको खेलमा चेल्सीका लागि १४औं मिनटमै एन्टोनियो रडीगेरले पहिलो गोल गरे । २८औं मिनटमा एन्गोलो कान्टेले आफ्नो पूर्व क्लब विरुद्ध चेल्सीका लागि दोस्रो गोल थपे ।

खेलमा शुरुवातबाटे प्रभाव जमाएको चेल्सीका लागि ७१औं मिनटमा क्रिष्टियन पुलिसिकले तेस्रो गोल गर्दै ब्लुजको शानदार जित सुनिश्चित गरे । यो जितसँगै १२ खेलबाट २९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा यथावत छ । उता लेस्टर भने १५ अंकका साथ १३औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...