स्वीजरल्याण्ड छनौट, इटाली रोकियो

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकपको युरोपियन छनौटतर्फ समूह सी बाट स्वीजरल्याण्ड विश्वकपका लागि सोझै छनौट हुन सफल भएको छ भने इटालीले प्ले अफ खेल्नु पर्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा स्वीजरल्याण्डले बुल्गेरियालाई ४–० ले हराउँदा चार पल्टको विजेता इटाली भने उत्तरी आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिन पुग्यो ।

समूह सी मा ८ खेलबाट १८ अंक जोडेको स्वीजरल्याण्ड शिर्ष स्थानमा रह्यो । १६ अंकका साथ इटाली दोस्रो स्थानमा रहँदा ९, ८ र ३ अंक जोडेका उत्तरी आयरल्याण्ड, बुल्गेरिया र लिथुआनिया भने छनौट प्रतियोगिताबाट बाहिरिए ।


प्रतिक्रिया दिनुहोस

Loading...