अर्जेन्टिना विश्वकपका लागि छनौट (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । महत्वपुर्ण मानिएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई उसकै घरमा शून्यका विरुद्ध १ गोलले हराउँदै आगामी बर्ष कतारमा हुने फिफा विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

दक्षिण अमेरिकी छनौटतर्फ उरुग्वेको घरेलु मैदानमा भएको खेलको सातौं मिनटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई जित दिलाउन प्रर्याप्त बन्यो ।

यो जितसँगै अर्जेन्टिना १२ खेलबाट २८ अंकका साथ दोस्रो स्थानमा छ । र फिफा विश्वकपका लागि छनौट भएको छ । ३४ अंक जोडेको ब्राजील शिर्ष स्थानमा छ र यसअघि नै विश्वकपका लागि छनौट भईसकेको छ ।

१३ खेलबाट १६ अंक जोडेको उरुग्वे छैठौं स्थानमा छ । छनौट प्रतियोगिता अन्तरगत अर्जेन्टिनाले १६ नोभेम्बरका दिन ब्राजीलसँग खेल्नेछ भने सोही दिन उरुग्वेले बोलिभियाको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...