इटालीलाई अन्तिम खेल नै पर्खन पर्ने (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पूर्व विश्व च्याम्पियन इटालीले आगामी बर्ष हुने फिफा विश्वकपका लागि छनौट प्रतियोगिताको अन्तिम खेलको नतिजा नै पर्खनु पर्ने भएको छ ।

समूह सी मा रहेको इटालीले बलियो स्वीजरल्याण्डसँग शुक्रबार १–१ को बराबरी खेलेपछि अन्तिम खेलसम्म पर्खनु पर्ने भएको हो । खेलमा इटालीका जर्जिन्होले पेनाल्टी मिस गर्नु पनि दुर्भाग्यपुर्ण बन्यो ।

खेलको ११औं मिनटमा सिल्वन विडमरको गोलबाट स्वीजरल्याण्डले खेलमा अग्रता बनाए तापनि ३६औं मिनटम जियोभानी डि लोरेन्जोले इटालीका लागि बराबरी गोल फर्काएका थिए ।

समूह सी मा ७ खेलबाट १५ अंक जोडेको इटाली शिर्ष स्थानमा छ । समान १५ अंक जोडेको स्वीजरल्याण्ड दोस्रो स्थानमा छ । साथै इटाली र स्वीजरल्याण्डले सोमबार क्रमशः उत्तरी आयरल्याण्ड र बुल्गेरियासँग समूह चरणको अन्तिम खेल खेल्ने कार्यक्रम छ ।

समूह सी मै रहेका उत्तरी आयरल्याण्ड, बुल्गेरिया र लिथुआनिया भने छनौट प्रतियोगिताबाट बाहिरिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...