विश्वकप छनौटः इङल्याण्डको शानदार जितमा केनको ह्याट्रिक (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । स्टार स्ट्राइकर हेरी केनले ह्याट्रिक गरेको खेलमा फिफा विश्वकपको युरोपियन छनौटतर्फ इङल्याण्डले अल्बानियामाथि ५–० को शानदार जित निकालेको छ ।

समूह आई मा रहेको इङल्याण्डले अल्बानियालाई हराएसँगै विश्वकप छनौटको सम्भावना पनि बलियो बनाएको छ । घरेलु मैदान वेम्बलीमा सम्पन्न खेलमा केनले खेलको १८, ३३ र ४५+१औं मिनटमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसअघि इङलिस टोलीका लागि नवौं मिनटमा डिफेन्डर हेरी मेगीरले पहिलो गोलको खाता खोलेका थिए । त्यस्तै थप एक गोल भने २८औं मिनटमा जोर्डन हेण्डरसनले गरेका थिए ।

यो जितसँगै ९ खेलबाट २३ अंकका साथ इङल्याण्ड समूह आई को शिर्ष स्थानमा छ । त्यस्तै एन्डोरामाथि ४–१ को जित निकालेको पोल्याण्ड २० अंकका साथ दोस्रो स्थानमा छ ।

समूह आई बाट अल्बानिया, एण्डोरा, सान मारिनो र हंगेरी भने छनौट प्रतियोगिताबाट बाहिरिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...