रियलको जितमा बेन्जेमाको निर्णायक दुई गोल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । च्याम्पियन्स लिगतर्फ समूह डी मा रहेको १३ पल्टको च्याम्पियन रियल मेड्रिडले बुधबार राती शख्तर डोनेस्कलाई २–१ ले हराउँदै तेस्रो जित दर्ता गर्यो ।

घरेलु मैदान सान्टियागो बर्नबेयुमा सम्पन्न खेलमा रियलका लागि दुवै गोल फ्रेन्च स्टार करिम बेन्जेमाले गरे । खेलको १४औं मिनटमा बेन्जेमाले रियललाई खेलमा अग्रता दिलाए तापनि पहिलो हाफ मै रियलले बराबरी गोल खान पुगेको थियो ।

३९औं मिनटमा फर्नान्डोले शख्तरका लागि बराबरी गोल फर्काए । पाहुना टोलीले त्यो बराबरी गोलको खुशी पहिलो हाफसम्म मात्र मनाउन सक्यो । दोस्रो हाफको ६१औं मिनटमा बेन्जेमाले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै रियललाई महत्वपुर्ण तीन अंक दिलाए ।

लगातार तेस्रो जित हात पारेको रियल ४ खेलबाट ९ अंकका साथ समूह डी को शिर्ष स्थानमा छ । बुधबार ने समूह डी तर्फ शेरिफ टिरासपोललाई ३–१ ले हराएको इन्टर मिलान ७ अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै ६ अंक जोडेको टिरासपोल तेस्रो स्थानमा रहँदा शख्तर डोनेस्क १ अंकका साथ पुछारमा छ । समूह डी बाट शिर्ष तीन टोलीको नकआउट चरणमा पुग्ने सम्भावना अझै कायम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...