सहज जितका साथ लिभरपुल नकआउट चरणमा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पहिलो हाफ मै गरेको दुई गोल निर्णायक बनेपछि सहज निकाल्दै लिभरपुल समूह बी बाट च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राती घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले दश खेलाडीमा खुम्चिएको एटलेटिको मेड्रिडलाई २–० ले हराउँदै दुई खेल अगावै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

खेलको १३औं मिनटमा डिओगो जोटाको गोलबाट अग्रता लिएको लिभरपुलका लागि २१औं मिनटमा साडियो मानेले दोस्रो गोल थप्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफ ककै ३६औं मिनटमा फिलिपेले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडमिा खुम्चिएको थियो । तर रेडसले त्यसको थप फाईदा भने उठाउन सकेन । स्मरण रहोस, लिभरपुलले पहिलो लेगमा पनि एटलेटिकोलाई उसकै घरमा ३–२ ले हराएको थियो ।

यो जितपछि ४ खेलबाट १२ अंक जोडेको एटलेटिको शिर्ष स्थानमा छ र नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । बुधबार नै मिलानसँग १–१ को बराबरी खेलेको एफसी पोर्टो ५ अंकका साथ समूह बी को दोस्रो स्थानमा छ भने एटलेटिको ४ अंकका साथ तेस्रो स्थानमा छ । उता मिलान भने १ अंकका साथ पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...