म्यानचेष्टरका लागि फेरि रोनाल्डो नै हिरो (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । युइएफए च्याम्पियन्स लिगतर्फ हार नजिक पुगेको म्यानचेष्टर युनाइटेडलाई पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले फेरि जोगाएका छन् ।

समूह एफतर्फ मंगलबार राती भएको खेलमा म्यानचेष्टरले एटलान्टासँग उसकै घरमा २–२ को बराबरी खेल्दा रेड डेविल्सका लागि दुवै गोल रोनाल्डोले गरे । खेलमा अग्रता भने एटलान्टाले लिएको थियो ।

खेलको १२औं मिनटमा जोसिप इलिसिकको गोलबाट एटलान्टाले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफ कै इन्जुरी समयमा रोनाल्डोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यस्तै दोस्रो हाफको ५६औं मिनटमा एटलान्टाले डुवान जापाटाको गोलबाट फेरि अग्रता बनायो । तर त्यो अग्रता पनि खेलको अन्तिमतिर घरेलु टोलीले गुमाउन पुग्यो ।

हारको संघारमा पुगिसकेको म्यानचेष्टरका लागि इन्जुरी समयको ९०+१औं मिनटमा रोनाल्डोले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै एटलान्टासँगै महत्वपुर्ण अंक खोसेका थिए ।

यो नतिजासँगै ४ खेलबाट ७ अंक जोडेको म्यानचेष्टर समुह एफको शिर्ष स्थान मै छ । पराजित एटलान्टा भने ५ अंकका साथ तेस्रो स्थानमा छ । त्यसैगरी मंगलबार राती नै योङ ब्वाईजलाई २–० ले हराएको भिल्लारियल समान ७ अंकका साथ गोलभिन्नताले पछि पर्दै दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको ब्वाईज भने समूहको पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...