फेरि लण्डन फर्किए कोन्टे

काठमाडौं (एजेन्सी) । सफल फुटबल म्यानेजरका रुपमा आफूलाई इङलिस फुटबलमा प्रमाणित गरिसकेका इटालियन म्यानेजर एन्टोनोनियो कोन्टे फेरि इङलिस फुटबल मै फर्किएका छन् ।

सन् २०१६ देखि २०१८ सम्म लण्डन क्लब चेल्सीको जिम्मेवारी सम्हालेका ५२ बर्षे कोन्टे यसपटक भने चेल्सी कै शहरी प्रतिद्वन्द्वी टोटेनह्याम हटसपरमा आवद्ध भएका छन् ।

चेल्सीमा आवद्ध भए कै बर्ष ब्लुजलाई प्रिमियर लिग उपाधि र लगतै प्रतिष्ठत एफए कप जिताएका कोन्टेले त्यसपछि फेरि इटाली फर्किएका थिए । इन्टरलाई गत सिजन लिग च्याम्पियन बनाएका कोन्टेले क्लबलाई युरोपा लिगको फाइनलमा समेत पुर्याएका थिए ।

यता टोटेनह्यामले केही दिन अघि मात्र तत्कालिन म्यानेजर नुनो इस्पेरिटोलाई बर्खास्त गरेको थियो । रिपोर्ट अनुसार कोन्टेले टोटेनह्यामसँग १८ महिनाका लागि सम्झौता गरेका छन् । यद्यपि त्यो सम्झौता थप गर्ने विकल्प पनि रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...