रोनाल्डोले गोल गरेकै खेलमा म्यानचेष्टरद्वारा टोटेनह्याम पराजित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गोल गर्नुका साथै एक गोलका लागि अवसर पनि मिलाइदिएको खेलमा म्यानचेष्टर युनाइटेडले टोटेनह्याम हटसपरलाई उसकै घरमा ३–० ले हराएको छ ।

खेलको ३९औं मिनटमा रोनाल्डोले सुन्दर भली गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै ६४औं मिनटमा रोनाल्डो कै पासमा इडिन्सन कावानीले दोस्रो गोल थपे ।

खेलमा प्रभावशाली प्रदर्शन गरेको म्यानचेष्टरका लागि ८६औं मिनटमा मार्कस रेशफोर्डले तेस्रो गोल गर्दै रेड डेविल्सको शानदार जित सुनिश्चित गरे ।

यो जितसँगै १० खेलबाट १७ अंक जोडेको म्यानचेष्टर पाँचौ स्थानमा उक्लिएको छ । उता पराजित टोटेनह्याम भने १५ अंकका साथ आठौं स्थानमा झरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...