एग्वेरोले मैदान छोडेको खेलमा बराबरीमा रोकियो बार्सा (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । खराब लयबाट गुर्जिरहेको स्पेनिस महारथी बार्सिलोनाले ला लिगातर्फ शनिबार शुरुवाती अग्रता लिएर पनि बराबरीमा रोकिएको छ ।

खेलमा अर्जेन्टिनी स्टार सर्जियो एग्वेरोको छातीमा समस्या देखिएपछि उनले पहिलो हाफ मै मैदान छाडेको खेलमा बार्सा अलावेससँग १–१ को बराबरीमा रोकियो । खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

दोस्रो हाफतर्फ ४९औं मिनटमा मेम्फिस डिपेले बार्सालाई खेलमा अग्रता दिलाएका थिए । तर क्याटलन जायन्टले त्यो अग्रता धेरैबेर राख्न सकेन । ५२औं मिनटमा लुइस रियोजाले अलावेसका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि ११ खेलबाट १६ अंक जोडेको बार्सिलोना लिगतालिकाको नवौं स्थानमा छ । अलावेस भने १० अंकका साथ १६औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...