नवौं स्थानमा खस्कियो युभेन्टस (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । यस सिजन शुरुवातबाटै मिश्रित प्रदर्शन गरिरहेको इटालियन महारथी युभेन्टसले इटालियन सिरि ए तर्फ शनिबार स्तब्धपुर्ण हार बेहोरेको छ ।

शनिबार हेलास भेरोनासँग उसकै घरमा २–१ ले निराश बनेको युभेन्टस लिगतालिकाको नवौं स्थानमा झरेको छ । खेलमा युभेन्टसले शुरुवाती १५ मिनट भित्र दुई गोल खान पुगेको थियो । जुन गोलले गर्दा नै ओल्ड लेडी निराश बन्न पुग्यो ।

भेरोनाका लागि खेलको १० र १४औं मिनटमा जियोभानी सिमोनले गरेको दुई गोल महत्वपुर्ण तीन अंक बटुल्न प्रर्याप्त बन्यो । उता युभेन्टसका लागि खेलको ८०औं मिनटमा वेस्टन म्याककेनीले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो प्रर्याप्त बनेन ।

शनिबारको खेलपछि ११ खेलबाट १५ अंक जोडेको युभेन्टस लिगतालिकाको नवौं स्थानमा झरेको छ । भेरोना भने समान अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा आठौं स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा भने २८ अंकका साथ एक खेल कम खेलेको नापोली छ ।


प्रतिक्रिया दिनुहोस

Loading...