बायर्नको ‘बाउन्स ब्याक’ (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । बुधबार मात्र जर्मन कपमा बोरुसिया मोन्चेनग्लाडबाचसँग ५–० को लज्जाजनक हार बेहोरेको जर्मन बायर्न म्युनिखले बुण्डेसलिगातर्फ शनिबार शानदार ‘बाउन्स ब्याक’ गर्यो । त्यसक्रममा बायर्नले युनियन बर्लिनलाई उसकै घरमा ५–२ ले हरायो ।

खेलको १५औं मिनटमै रोबर्ट लेवान्डोस्कीले बायर्नका लागि पेनाल्टीबाट पहिलो गोल गरे । लगतै २३औं मिनटमा लेवान्डोस्कीले नै त्यो अग्रता दोब्बर बनाए भने ३४औं मिनटमा लेरोए सानेले तेस्रो गोल थपे ।

उता ४३औं निको जिबेलमनले बर्लिनका लागि पहिलो गोल फर्काए । यद्यपि दोस्रो हाफतर्फ ६०औं मिनटमा किंग्सले कोमनले बायर्नका लागि चौथो गोल फर्काए । तर त्यसको पाँच मिनट लगतै जुलियन रिर्सनले बर्लिनका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउन प्रयास गर तापनि सफल भएनन् ।

खेलको ७९औं मिनटमा थोम मुलरले बायर्नका लागि पाँचौ गोल गर्दै डिफेन्डिङ च्याम्पियनको शानदार जित सुनिश्चित गरे । यो जितसँगै १० खेलबाट २५ अंकका साथ शिर्ष स्थान मै छ । उता पराजित बर्लिन भने १६ अंकका साथ सातौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...