प्रभावशाली जितसँगै चेल्सीको शिर्षता यथावत (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । प्रिमियर लिगमा लिगलिडर चेल्सीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिंदै शनिबार न्युक्यासल युनाइटेडलाई उसकै घरमा ३–० ले हराएको छ । साथै यो जितसँगै चेल्सीले लिगतालिकामा आफ्नो शिर्षतालाई पनि कायम राखेको छ ।

खेलमा चेल्सीले तीन गोल दोस्रो हाफमा गर्यो । त्यसमा दुई गोल डिफेन्डर रिके ेजेम्सको नाममा रह्यो । जेम्सले ६५ र ७७औं मिनटमा गरि दुई गोल गरे । त्यस्तै तेस्रो गोल भने ८१औं मिनटमा जर्जिन्होले पेनाल्टीबाट गर्दै ब्लुजको प्रभावशाली जित सुनिश्चित गरे ।

यो जितसँगै चेल्सी १० खेलबाट २५ अंकका साथ शिर्ष स्थानमा छ र दोस्रो स्थानको टोली लिभरपुलभन्दा ३ अंकले अगाडी छ । स्मरण रहोस, शनिबार नै भएको अर्को खेलमा लिभरपुलले ब्राईटनसँग २–२ गोलको बराबरी खेलपछि चेल्सीलाई शिर्षताको होडमा फाईदा पुगेको हो । उता पराजित न्युक्यासल भने ४ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...