दश खेलाडीमा खुम्चिएको सिटी घरमै पराजित

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी इङलिस प्रिमियर लिगतर्फ शनिबार क्रिस्टल प्यालेससँग घरेलु मैदान इतिहाद स्टेडियम मै २–० ले पराजित हुन पुगेको छ ।

खेल शुरु भएको छैठौं मिनटमै विलफ्रिड जाहाले गोल गर्दै प्यालेसलाई खेलमा सनसनीपुर्ण अग्रता दिलाएका थिए । साथै शिर्ष लिगमा प्यालेसका लागि ५० गोल गर्ने जाहा पहिलो खेलाडी समेत बने ।

पहिलो हाफ कै इन्जुरी समयमा एमरिक लापोर्टेले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा सिमित बनेको थियो । त्यसपछि भने सिटी थप दबाबमा पर्न पुग्यो । खेलको अन्तिमतिर कनर गालाघरले प्यालेसका लागि दोस्रो गोल थप्दै सिटीलाइृ उसकै घरमा निराश स्तब्ध बनाई दिए ।

यो जितपछि प्यालेस १० खेलबाट १२ अंकका साथ लिगतालिकाको १३औं स्थानमा छ । उता पराजित सिटी भने २० अंकका साथ तेस्रो स्थानमा छ । साथै यो हारले सिटीको उपाधि जोगाउने अभियानमा थप धक्का लागेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...