भिनिसियसको दुई गोलसँगै शिर्ष स्थानमा उक्लियो रियल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । ब्राजिलियन स्टार भिनिसियस जुनियर चम्किदा स्पेनिस ला लिगामा शनिबार रियल मेड्रिडले रोमाञ्चक जित दर्ता गर्दै लिगतालिकाको शिर्ष स्थानमा उक्लिएकोे छ ।

इल्चीलाई उसकै घरमा २–१ ले हराएको रियलले महत्वपूर्ण तीन अंक बटुल्यो । भिनिसियसले खेलको २२ र ७३औं मिनटमा गरेको दुई गोल रियललाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

इल्चीका लागि ८६औं मिनटमा पेरे मिल्लाले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन । त्यति मात्र नभएर खेलको ६३औं मिनटमा राउल गुटीले रातो कार्ड खाँदा इल्ची दोस्रो हाफको अधिकांश समय दश खेलाडीमा सिमित बनेको थियो ।

यो जितसँगै ११ खेलबाट २४ अंक जोडेको रियल शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको इल्ची भने १० अंकका साथ लिगतालिकाको १५औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...