किंग पावरमा आर्सनललाई तीन अंक (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । पछिल्ला समय राम्रो लयमा देखिएको लण्डन क्लब आर्सनलले इङलिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटीमाथि २–० को महत्वपुर्ण जित हात पारेको छ ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ मै गरेको दुई गोल आर्सनललाई महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो । आर्सनलले शुरुवाती २० मिनट भित्र दुई गोल गर्न सफल भएको थियो ।

खेलको पाँचौं मिनटमै ग्याब्रिलले पहिलो गोल गरे भने १८औं मिनटमा इमिले स्मिथ रवीले दोस्रो गोल थप्दै गनर्सको जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै आर्सनल १० खेलबाट १७ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा पुगेको छ । उता पराजित लेस्टर भने १४ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...