लिभरपुलसँग निरीह म्यानचेष्टर (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगतर्फ आइतबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा लज्जाजनक हार बेहोरेको छ ।

दोस्रो हाफतर्फ पाउल पोग्बाले रातो कार्ड खाँदै दश खेलाडीमा खुम्चिएको म्यानचेष्टरले लिभरपुलसँग ५–० को हार बेहोरेको हो । खेल शुरु भएको पाँचौं मिनटमै नावी किटाले लिभरपुलका लागि पहिलो गोल गरेका थिए ।

१३औं मिनटमा डिओगो जोटाले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ मै चार गोल गरेको लिभरपुलका लागि ३८, ४५+५ ५०औं मिनटमा मोहमद सलाहले लगातार तीन गोल थप्दै टोलीको शानदार जितसँगै आफ्नो ह्याट्रिक पूरा गरेका थिए ।

खेलको ६०औं मिनटमा पोग्बाले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा खुम्चिएको थियो । तर लिभरपुलले त्यसको थप फाईदा उठाउन भने सकेन ।

यो जितसँगै लिभरपुल ९ खेलबाट २१ अंक जोड्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको चेल्सीको २२ अंक छ । उता पराजित म्यानचेष्टर भने १४ अंकका साथ सातौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...