ज्लाटनले गोल गरेको खेलमा मिलानको जित (भिडियोसहित)

काठमाडौं (खेलदैनिक) । स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचले गोल गरेको खेलमा इटालियन सिरि ए तर्फ एसी मिलानले ९ खेलाडीमा खुम्चिएको बोलोग्नामाथि ४–२ को रोमाञ्चक जित निकालेको छ ।

बोलोग्नाको घरेलु मेदानमा सम्पन्न खेलमा शुरुवातबाटै दश खेलाडीमा खुम्चिएको घरेलु टोलीले दोस्रो हाफमा दोस्रो रातो कार्ड खाँदै खेल अवधिभर ९ खेलाडीमा सिमित बन्न पुगेको थियो ।

खेलको १६औं मिनटमै राफेलले मिलानलाई खेलमा अग्रता दिलाए । त्यसको चार मिनट लगतै बोलोग्नाका अडामा सुमारोले रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली दश खेलाडीमा खुम्चिन पुग्यो । ३५औं मिनटमा डेभिडे कालाब्रियाले मिलानको अग्रता दोब्बर पारे ।

४९औं मिनटमा ज्लाटनले आत्मघाती गोल गर्दा बोलोग्नाले खेललाई २–१ को स्थितिमा ल्याउन सफल भयो । लगतै ५२औं मिनटमा मुसा बेरोले दोस्रो गोल गर्दै बोलोग्नालाई खेलमा २–२ को स्थितिमा ल्याए ।

यद्यपि त्यसको ६ मिनट लगतै रोबर्टो सोरियानोले रातो कार्ड खाँदै मेदान छाड्दा बोलोग्ना ९ खेलाडीमा सिमित हुन पुगेको थियो । जसको फाईदा अन्तिमतिर मिलानले उठायो ।

८४औं मिनटमा इस्माइल बेनासरले मिलानका लागि तेस्रो गोल गरे भने ९०औं मिनटमा ज्लाटनले चौथो गोल गर्दै मिलानको रोमाञ्चक जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै मिलान ९ खेलबाट २५ अंक जोड्दे शिर्ष स्थानमा उक्लिएको छ । र दोस्रो स्थानको नापोली भन्दा एक अंकले अगाडी छ । यद्यपि नापोलीले एक खेल कम खेलेको छ । उता मिलानसँग पराजित बोलोग्ना भने १२ अंकका साथ नवौं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...