माउण्टको ह्याट्रिकमा चेल्सीसँग निरीह बन्यो नर्विच (भिडियोसहित)

काठमाडौं (एजेन्सी)ं । मेसन माउण्टले ह्याट्रिक गरेको खेलमा इङलिस प्रिमियर लिगतर्फ शनिबार लिगलिडर चेल्सीले दश खेलाडीमा सिमित बनेको पुछारको नर्विच सिटीलाई ७–० को फराकिलो अन्तरले हराएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीका लागि मेसन माउण्टले हयाट्रिक गरे । खेलको आठौं मिनटमै माउण्टले चेल्सीका लागि गोलको खाता खोलेका थिए । १८औं मिनटमा केलम हडसन ओडोईले त्यो अग्रता दोब्बर बनाए ।

पहिलो हाफ कै ४२औं मिनटमा रिस जेम्सले तेस्रो गोल थप्दै पहिलो हाफसम्म घरेलु टोलीको अग्रता तेब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५७औं मिनटमा बेन चिलवेलले चेल्सीका लागि चौथो गोल गरे ।

खेलमा एकपक्षीय जित निकालेको चेल्सीले ६२औं मिनटमा आत्मघाती गोल उपहार पायो । नर्विचका म्याक्स एरोन्सले आत्मघाती गोल चेल्सीले आफ्नो ५–० को स्थितिमा पुर्यायो । त्यसको तीन मिनट लगतै नर्विचका बेन गिब्सनले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा पाहुना टोली देश खेलाडीमा खुम्चिन पुग्यो ।

जसको फाईदा पनि चेल्सीले नै उठायो । खेलको ८५औं मिनटमा मेसन माउण्टले चेल्सीका लागि छैठौं तथा व्यक्तिगत दोस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा थप एक गोल गर्दै घरेलु टोलीको फराकिलो जितसँगै आफ्नो ह्याट्रिक पनि पूरा गर्न सफल भए ।

यो जितसँगै ९ खेलबाट २२ अंक जोडेको चेल्सी लिगतालिकाको शिर्ष स्थानमा यथावत । उता पराजित नर्विच सिटी भने २ अंकका साथ पुछारमा छ र रेलिगेशन क्षेत्रमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...