लयमा फर्किएको आर्सनल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इङलिस प्रिमियर लिगको नयाँ सिजन शुरु हुँदा खराब लयमा देखिएको आर्सनलले पछिल्ला खेलहरुमा भने लय समातेको आभाष देखाएको छ ।

प्रिमियर लिगमा शुक्रबार राती भएको एक मात्र खेलमा आर्सनलले लगातार दोस्रो जित हात पार्ने क्रममा एस्टन भिल्लालाई ३–१ ले हरायो । घरेलु मैदानमा सम्पन्न खेलको २३औं मिनट थोमस पार्टेको गोलबाट आर्सनलले अग्रता लिएको थियो ।

पहिलो हाफ कै इन्जुरी समयमा आर्सनलका अलेक्जेनडर लाकाजेट्टीलाई भिल्लाका खेलाडीले बक्स भित्र गर्दा घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । पिएरे एमरिक औबमेयाङले गरेको पेनाल्टी प्रहार भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले जोगाए तापनि रिबाउण्ड भएको सोही बललाई औबमेयाङले फेरि गोलमा परिणत गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

त्यस्तै आर्सनलका लागि तेस्रो गोल भने ५६औं मिनटमा इमिले स्मिथ रवीले गर्दै गनर्सको जित पक्का गरेका थिए । उता पराजित भिल्लाका लागि ८२औं मिनटमा ज्याकोब रामसेले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो गोल प्रर्याप्त हुन सकेन ।

यो जितसँगै ९ खेलबाट १४ अंक जोडेको आर्सनल नवौं स्थानमा उक्लिएको छ । उता पराजित भिल्ला भने १० अंकका साथ १३औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...