बायर्नको पहिलो हाफ मै पाँच गोल (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले आइतबार पहिलो हाफ मै पाँच गोल गरेपछि बायर लेभरकुसेनलाई उसकै घरमा ५–१ को फराकिलो अन्तरले हराएको छ ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले खेलको तेस्रो र ३०औं मिनटमा दुई गोल गरेका थिए । ३४औं मिनटमा थोमस मुलरले तेस्रो गोल थपे भने ३५ र ३७औं मिनटमा सर्जे नेब्रीले थप दुई गोल थप्दै बायर्नको सहज जित पहिलो हाफ मै सुनिश्चित गरेका थिए ।

उता लेभरकुसेनका लागि दोस्रो हाफतर्फ ५५औं मिनटमा पेट्रिक सिकले एक गोल फर्काए तापनि त्यो गोल घरेलु टोलीको फराकिलो हार टार्न प्रर्याप्त बनेन ।

यो जितपछि ८ खेलबाट १९ अंक जोडेको बायर्न शिर्ष स्थानमा छ । उता पराजित लेभरकुसेन भने १६ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...