शिर्ष स्थान मै फर्कियो नापोली (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । खेलको अन्तिमतिर निर्णायक गोल गरेपछि कठिन जित निकाल्दै लिगलिडर नापोली इटालियन सिरि ए को लिगतालिकामा फेरि शिर्ष स्थान मै उक्लिएको छ ।

नापोलीको घरेलु मैदानमा भएको खेलमा टोलीले टोरिनोलाई १–० को साँघुरो अन्तरले हरायो । तर खेलमा नापोलीले गोलका लागि भने अन्तिमसम्म संघर्ष गर्नुपर्यो । खेलको ८१औं मिनटमा भिक्टर ओसिमहेनले गरेको एक मात्र गोल नापोलीलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

लगातार पाँचौं जित हात पारेको नापोली यो जितसँगै ८ खेलबाट २४ अंकका साथ लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा भने २२ अंकका साथ एसी मिलान छ । उता नापोलीसँग पराजित टोरिनो भने ८ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...