युभेन्टसको लगातार चौथो जित (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । सिजनको शुरुवातबाटै खराब लयमा रहेर संघर्ष गरिरहेको इटालियन महारथी युभेन्टसले सिरि ए तर्फ आइतबार राती महत्वपुर्ण जित हात पारेको छ ।

सिरि ए मा लगातार चौथो जित दर्ता गर्ने क्रममा युभेन्टसले रोमा माथि १–० को साँघुरो जित निकाल्यो । पहिलो हाफ कै १६औं मिनटमा मोइसे किनले गरेको एक मात्र गोल युभेन्टसलाई ३ अंक दिलाउन प्रर्याप्त बन्यो ।

यो जितसँगै ८ खेलबाट १४ अंक जोडेको युभेन्टस लिगतालिकाको सातौं स्थानमा छ । उता पराजित रोमा भने १५ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...