डिफेन्डिङ च्याम्पियन इन्टर स्तब्ध (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । इटालियन सिरि ए को लिग उपाधि जोगाउने अभियानमा रहेको डिफेन्डिङ च्याम्पियन इन्टरले शनिबार राती शुरुवाती अग्रता बनाएर पनि हार बेहोरेको छ । इन्टरले लाजियोसँगै उसकै घरमा ३–१ को हार बेहोरेको हो ।

खेल शुरु भएको १२औं मिनटमै इभान पेरिसिकको पेनाल्टी गोलबाट अग्रता बनाएको इन्टरले त्यसलाई जोगाउन सकेन । इन्टरले दोस्रो हाफमा एकतर्फी तीन गोल खान पुगेको थियो ।

६४औं मिनटमा सिरो इमोबिलले लाजियोका लागि पेनाल्टीबाट बराबरी गोल फर्काए । ८१औं मिनटमा फिलिपे एन्डरसनले लाजियोलाई २–१ को स्थितिमा ल्याए भने अन्तिमतिर ९०+१औं मिनटमा सर्जेज सेभिकले घरेलु टोलीका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

खेलको अन्तिमतिर इन्जुरी समयमै लाजियोका लुईज फिलिपेले रातो कार्ड खाँदै मैदान पनि छाड्नु परेको थियो । तर त्यसले घरेलु टोलीको जित भने खासै असर पारेन ।

यो जितसँगै ८ खेलबाट १४ अंक जोडेको लाजियो लिगतालिकाको पाँचौं स्थानमा छ । उता पराजित इन्टर भने १७ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...