चिलवेलको गोलमा चेल्सीको शिर्षता (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । साँघुरो जित निकाल्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको लिगतालिकामा फेरि शिर्ष स्थानमा उक्लिएको छ । शनिबार अबेर राती सम्पन्न खेलमा चेल्सीले शहरी प्रतिद्वन्द्वी ब्रेन्टफोर्डमाथि १–० को घिmनो अन्तरको जित निकाल्यो ।

ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफतर्फ ४५औं मिनटमा बेन चिलवेलले गरेको एक मात्र गोल चेल्सीलाई जित दिलाउन निर्णायक बन्यो । यो जितसँगै ८ खेलबाट १९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा उक्लियो । दोस्रो स्थानमा १८ अंकका साथ लिभरपुल छ ।

त्यस्तै तेस्रो स्थानमा भने १७ अंकका साथ साविक विजेता म्यानचेष्टर सिटी रहेको छ । उता चेल्सीसँग पराजित भएको ब्रेन्टफोर्ड भने १२ अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...