जित र शिर्षता कै होडमा सिटी (भिडियोसहित)

काठमाडौं (एजेन्सी) । प्रिमियर लिगमा शनिबार बर्नलीमाथि २–० को जित निकाल्दै साविक विजेता म्यानचेष्टर सिटीले शिर्षताको होडमा आफ्नो दावेदारितालाई कायम राखेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफमा एक र दोस्रो हाफमा गरेको थप एक गोलसँगै सिटीले बर्नली विरुद्ध महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

सिटीको जितमा १२औं मिनटमा बर्नार्डो सिल्वा र ७०औं मिनटमा केभिन डि ब्रुईनले गरेको गोलको सहयोगमा सिटीले जित पक्का गर्यो । यो जितसँगै ८ खेलबाट १७ अंक जोडेको सिटी तेस्रो स्थानमा छ भने पराजित बर्नली ३ अंकका साथ रेलिगेशन क्षेत्रको १९औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...