प्रिमियर लिग फर्किएकै दिन फर्मिनाको ह्याट्रिक

काठमाडौं (एजेन्सी) । इन्टरनेशनल ब्रकेपछि फर्किएको क्लब फुटबलतर्फ प्रिमियर लिगमा लिभरपुलले शानदार जित हात पार्दा ब्राजिलियन स्टार रोबर्टो फर्मिनोले ह्याट्रिक गरेका छन् ।

शनिबार वाटफोर्डलाई उसकै घरमा ५–० ले हराएको खेलमा फर्मिनोले ह्याट्रिक गरेका हुन् । उता वाटफोर्डको पहिलो प्रशिक्षकीय जिम्मेवारी सम्हालेका क्लाउडियो रानेरीका लागि भने प्रिमियर लिगमा यो नमिठो शुरुवात बन्यो ।

खेलमा लिभरपुलका लागि गोलको खाता भने नवौं मिनटमै साडियो मानेले खोलेका थिए । मोहमद सलाहको पासलाई सदुपयोग गर्दै मानेले त्यो गोल गरेका थिए ।

३७ र ५२औं मिनटमा फर्मिनोले लिभरपुलको त्यो अग्रता तेब्बर पारे भने ५४औं मिनटमा सलाहले चौथो गोल थपे । त्यस्तै खेलको अन्तिमतिर फर्मिनोले लिभरपुलका लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे ।

यो जितसँगै ८ खेलबाट १८ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा पुगेको छ । र एक खेल कम खेलेको दोस्रो स्थानको टोली चेल्सी भन्दा २ अंकले मात्र अगाडी छ । चेल्सीले शनिबार राती नै ब्रेन्टफोर्डसँग खेल्दैछ । त्यो खेलमा जित हात पारे चेल्सी फेरि शिर्ष स्थानमा उक्लिनेछ । उता लिभरपुलसँग पराजित वाटफोर्ड भने ७ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...