कतार विश्वकपमा छनौट हुने डेनमार्क दोस्रो टोली (भिडियोसहित)

एजेन्सी । आगामी बर्ष कतारमा हुने फिफा विश्वकप २०२२ का लागि छनौट हुने डेनमार्क दोस्रो टोली बनेको छ । समूह एफमा शतप्रति जितका साथ शिर्ष स्थानमा रहेको डेनमार्कले छनौट प्रतियोगिता भरि एउटै गोल नखाई विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।

मंगलबार राती भएको समूह चरणको खेलतर्फ डेनमार्कले अष्ट्रियालाई १–० को साँघुरो अन्तरले हरायो । घरेलु मैदानमा सम्पन्न खेलको ५३औं मिनटमा जोकिम पेडरसेनले डेनमर्काकका लागि एक मात्र निर्णायक गोल गरे ।

यो नतिजापछि ८ खेलबाट २४ अंक जोडेको डेनमार्क शिर्ष स्थानमा छ । र विश्वकपका लागि छनौट भएको छ । साथै डेनमार्कले समूह चरणतर्फ बाँकी रहेको दुई खेलमा फारोई आइल्याण्ड र बलियो स्कटल्याण्डसँग खेल्न बाँकी छ ।

त्यस्तै समूह एफ कै अर्को खेलमा फारोई आइल्याण्डलाई १–० ले हराएको स्कटल्याण्ड १७ अंकका साथ दोस्रो स्थानमा छ । मोल्डोभालाई २–१ ले हराएको इजरायल १३ अंकका साथ तेस्रो स्थानमा छ ।

उता १० अंक जोडेको अष्ट्रिया चौथो स्थानमा छ भने ४ र १ अंक जोडेको फारोई आइल्याण्ड र मोल्डोभा पाँचौं र छैठौं स्थानमा छन् र छनौट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...