अर्जेन्टिनाको उत्कृष्ट जितमा मेसीको गोल (भिडियोसहित)

एजेन्सी । फिफा विश्वकप २०२ को दक्षिण अमेरिकी छनौटतर्फ अर्जेन्टिनाले छैठौं जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले हरायो ।

अर्जेन्टिनाका लागि ३८औं मिनटमा लियोनल मेसीले गोलको खाता खोलेका थिए । ४४औं मिनटमा रोड्रिगो डि पाउलले त्यो अग्रता दोब्बर पारे । खेलमा एकपक्षीय जित निकालेको अर्जेन्टिनाका लागि ६२औं मिनटमा लौतारो मार्टिनेजले तेस्रो गोल थप्दै घरेलु टोलीको जित पक्का गरे ।

यो नतिजापछि १० खेलबाट २२ अंक जोडेको अर्जेन्टिना दक्षिण अमेरिकी छनौटको खेलतालिकामा दोस्रो स्थानमा छ । पराजित उरुग्वे भने १६ अंकका साथ चौथो स्थानमा छ ।

त्यस्तै कोलोम्बियासँग गोलरहित बराबरीमा रोकिएको ब्राजील २८ अंकका साथ शिर्ष स्थानमा यथावत छ । विश्वकप छनौटमा अपराजित ब्राजीलको यो पहिलो बराबरी समेत थियो । त्यस्तै कोलोम्बिया भने १५ अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...