विश्व च्याम्पियन फ्रान्सलाई नेशन्स लिगको उपाधि (भिडियोसहित)

एजेन्सी । विश्वविजेता फ्रान्सले प्रतिष्ठित युइएफए नेशन्स लिगको उपाधि जित्न सफल भएको छ । फ्रान्सले पहिलो नेशन्स लिग उपाधि जित्ने क्रममा फाइनलमा बलियो स्पेनलाई २–१ ले हरायो ।

मिलान स्थित सान सिरो स्टेडियममा सम्पन्न फाइनल भिडन्तमा फ्रान्सले उत्कृष्ट पूनःरागमन गर्दै जित हात पारेको हो । ६४औं मिनटमा मिकेल उुगार्टेको गोलबाट स्पेनले खेलमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।

त्यसको दुई मिनट लगतै करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए भने ८०औं मिनटमा काइलन एम्बाप्पेले दोस्रो तथा निर्णायक गोल गर्दै विश्व च्याम्पियनले नेशन्स लिगको च्याम्पियन बनाउन पनि सफल भएका थिए ।

आयोजक इटाली बन्यो तेस्रो

त्यस्तै तेस्रो स्थानका लागि खेलमा आयोजक इटालीले बेल्जियमलाई समान २–१ गोल अन्तरले हराउँदै तेस्रो स्थान कब्जा गर्न सफल भयो । टुरिन स्थित युभेन्टस स्टेडियममा भएको खेलमा इटालीका लागि ४६औं मिनटमा निकोलो बरेलाले पहिलो गोलको खाता खोलेका थिए ।

६५औं मिनटमा डोमिनिको बेरार्डी इटालीका लागि पेनाल्टीबाट दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्न पुग्यो । उता बेल्जियमका लागि ८६औं मिनटमा चाल्र्स केटलेरले एक गोल फर्काए तापनि टोलीको हार टार्न अबेर भईसकेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...