पाँच गोलको ‘थ्रीलर’ मा मिलान सफल (भिडियोसहित)

एजेन्सी । खेलको अन्तिमतिर दुई गोल खाए तापनि इटालियन सिरि ए तर्फ एसी मिलानले आइतबार रोमाञ्चक जित हात पारेको छ । रोमाञ्चक जित हात पार्ने क्रममा मिलानले एटलान्टालाई उसकै घरमा ३–२ ले हरायो ।

खेल शुरु भएको पहिलो मिनट मै डेविडे कलाब्रिले मिलानका लागि पहिलो गोल गरेका थिए । सान्ड्रो टोनालीले पहिलो हाफ कै ४२औं मिनटमा त्यो अग्रता दोब्बर पारे । ७८औं मिनटमा राफेलले तेस्रो गोल थप्दै टोलीका लागि निर्णायक गोलकर्ता बने ।

उता खेलको अन्तिमतिर एटलान्टाले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । ८६औं मिनटमा डुवान जापाटाले एटलान्टाका लागि पेनाल्टीबाट पहिलो गोल फर्काए भने इन्जुरी समयको ९०+४औं मिनटमा मारियो पोसालिकले दोस्रो गोल गरे । तर घरेलु टोलीको हार टार्न त्यो दुई गोल ढिला भइसकेको थियो ।

यो जितपछि ७ खेलबाट १९ अंक जोडेको मिलानले शहरी प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन इन्टर मिलानलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ । इन्टर १७ अंकका साथ तेस्रो स्थानमा रहँदा २१ अंक जोडेको नापोली शिर्ष स्थानमा छ । त्यस्तै मिलानसँग पराजित एटलान्टा भने ११ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...