बायर्नलाई पनि घरमै झट्का (भिडियोसहित)

एजेन्सी । जर्मन जायन्ट बायर्न म्युनिखले ३० खेलहरु पश्चात बुण्डेसलिगामा आइतबार हारको सामना गरेको छ । घरेलु मैदान एलियान्ज एरिनामा सम्पन्न खेलमा बायर्नले फ्रान्कफर्टसँग २–१ को हार बेहोर्न पुग्यो ।

खेलमा शुरुवाती अग्रता भने बायर्नले लिएको थियो । २९औं मिनटमा लियन गोरेजकाको गोलबाट अग्रता बनाएको बायर्नले त्यसलाई धेरैबेर जोगाउन सकेन । खेलको ३२औं मिनटमा मार्टिन हिन्टरेजरले फ्रान्कफर्टका लागि बराबरी गोल फर्काए ।

यद्यपि जितका लागि पाहुना टोलीले खेलको अन्तिमसम्म पर्खन पर्यो । ८३औं मिनटमा फिलिपि कोस्टिकले निर्णायक गोल गरेपछि बायर्नमाथि फ्रान्कफर्टले रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो ।

यो हारका बावजुद ७ खेलबाट १६ अंकका साथ बायर्न लिगतालिकाको शिर्ष स्थान मै छ । दोस्रो स्थानमा समान अंक जोडेको बायर लेभरकुसेन छ । त्यस्तै बायर्नलाई सनसनीपुर्ण रुपमा हराएको फ्रान्कफर्ट भने ८ अंकका साथ १३औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...