ला लिगामा रियलको च्याम्पियन्स लिग कै हालत (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगमा गत साता मात्र तुलनात्मक रुपमा कमजोर शेरिफ टिरासपोल विरुद्ध २–१ स्तब्धपुर्ण हार बेहोरेको रियल मेड्रिडले स्पेनिस ला लिगातर्फ पनि आइतबार इस्पान्योलसँग सोही अन्तरको हार बेहोर्न बाध्यय भएको छ ।

इस्पान्योलको घरेलु मैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता पनि इस्पान्योलले नै लिएको थियो । खेलको १७औं मिनटमा राउल डि टोमसले घरेलु टोलीलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

६०औं मिनटमा एलेक्स भिडालले इस्पान्योलको त्यो अग्रता दोब्बर पारे । यद्यपि ७१औं मिनटमा करिम बेन्जेमाले रियलका लागि एक फर्काए तापनि टोलीलाई सिजनको पहिलो हारबाट जोगाउन सकेनन् ।

यो हारका बावजुद रियल ८ खेलबाट १७ अंकका साथ शिर्ष स्थानमा छ । समान अंक भएको उसको शहरी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिड दोस्रो स्थानमा छ । त्यस्तै रियललाई हराएको इस्पान्योल ९ अंकका साथ १३औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...