पिएसजीमा मेसीको पहिलो हार (भिडियोसहित)

एजेन्सी । फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मन (पिएसजी) आए यता गोलका लागि संघर्ष गरिरहेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पहिलो हारको सामना गरेका छन् । फ्रेन्च लिगमा अझै गोलको खाता खोल्न नसकेका मेसीको टोलीले आइतबार रेनेससँग २–० को स्तब्धपुर्ण हार बेहोर्यो ।

साथै यो हारसँगै फ्रेन्च लिगमा पिएसजीको शतप्रतिशत जितको यात्रामा पनि पुर्णविराम लागेको छ । रेनेसको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले पहिलो र दोस्रो हाफमा १–१ गोल गर्न सफल भएको थियो ।

पहिलो हाफको ४५औं मिनटमा गेटन लाबोर्डेले पहिलो गोल गरे भने दोस्रो हाफतर्फ शुरुवाती मिनटमै फुलेवीन टेटले दोस्रो गोल थपेका थिए । जुन खेलको निर्णायक नतिजा पनि बन्यो ।

यो हार गत अप्रिलपछि लिग वानको पिएसजीको पहिलो हार समेत हो । त्यतिबेला पिएसजीले लिग विजेता लिलेसँग पराजित भएको थियो । आइतबारको हारका बावजुद पिएसजी ९ खेलबाट २४ अंकका साथ शिर्ष स्थानमा छ । र दोस्रो स्थानको टोली लेन्स भन्दा ६ अंकले अगाडी छ ।

उता पिएसजी विरुद्ध सनसनीपुर्ण जित निकालेको रेनेस भने १२ अंकका साथ १०औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...