इन्टरका लागि मार्टिनेजको पेनाल्टी निर्णायक (भिडियोसहित)

एजेन्सी । बोस्नियन स्टार इडिन जेको र अर्जेन्टिनी फरवार्ड लौतारो मार्टिनेजको राम्रो लयका कारण डिफेन्डिङ च्याम्पियन इन्टरले इटालियन सिरि ए मा शनिबार राती रोमाञ्चक जित हात पारेको छ ।

सिजनको पाँचौ जित निकाल्ने क्रममा इन्टरले सासुओलोलाई उसकै घरमा २–१ ले हरायो । खेलमा गोलको अग्रता भने सासुओलोले लिएको थियो । खेलको २२औं मिनटमा डोमिनिको बेरार्डीको गोलको घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा इन्टर खेलमा फर्कियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको इडिन जेकोले ५८औं मिनटमा इन्टरका लागि बराबरी गोल फर्काए । त्यस्तै ७८औं मिनटमा लौतारो मार्टिनेजले पेनाल्टी गोल गर्दै इन्टरको रोमाञ्चक जित पक्का गरे ।

यो जितपछि ७ खेलबाट १७ अंक जोडेको इन्टर दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको नापोली १८ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै एक खेल कम खेलेको इन्टरको शहरी प्रतिद्वन्द्वी एसी मिलान १६ अंकका साथ तेस्रो स्थानमा छ भने इन्टरसँग पराजित सासुओलो ७ अंकका साथ १३औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...