ला लिगामा बार्साको सिजनको पहिलो हार (भिडियोसहित)

एजेन्सी । ला लिगाको शुरुवातबाटै मिश्रित प्रदशृन गरिरहेको बार्सिलोनाले आफ्नो सातौं खेल खेल्दै गर्दा नयाँ सिजनमा पहिलो हारको सामना गरेको छ । त्यो पनि डिफेन्डिङ च्याम्पियन एटलेटिको मेड्रिडको हातबाट ।

एटलेटिकोको घरेलु मेदानमा भएको खेलमा साविक विजेताले बार्सिलोनामाथि २–० को सहज जित निकाल्यो । एटलेटिकोले पहिलो हाफ मै गरेको दुई गोल घरेलु टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

२३औं मिनटमा थोमस लेमार र ४४औं मिनटमा बार्सा कै पूर्व खेलाडी लुईस सुआरेजले एक–एक गोल गर्दै बार्सिलोनालाई निराश तुल्याए । यो हारले बार्साका म्यानेजर रोनाल्ड कोमनमाथि झन दबाब थपिएको छ ।

यो नतिजापछि ७ खेलबाट ३ जित, ३ बराबरी र एक हारसहित १२ अंक जोडेको नवौं स्थानमा खस्किएको छ । उता एटलेटिको भने ८ खेलबाट १७ अंक जोड्दै लिगलिडर तथा शहरी प्रतिद्वन्द्वी रियल मेड्रिडसँग अंक बराबरी गर्न सफल भएको छ । यद्यपि रियलले एक खेल कम खेलेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...