ब्राईटनसँग रोकियो आर्सनल (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजनमा सुस्त र खराब शुरुवात गर्दै केही लय लिएको आर्सनलले शनिबार पछिल्लो सिजन तुलनात्मक रुपमा कमजोर आँकिएको ब्राईटन एण्ड होवसँग बराबरीमा रोकिएको छ ।

ब्राईटनको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै टोलीले गोलको प्रयास गरे तापनि सफल नहुँदा गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भए । खेलमा ब्राईटनले आर्सनलमाथि दबाब कायम गरेको थियो । राम्रो प्रदर्शनका बावजुद गोल भने दुवै पक्षमा हुन सकेन ।

यो जितसँगै ७ खेलबाट १४ अंक जोडेको ब्राईटन सनसनीपुर्ण रुपमा लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र शिर्ष चारका लिभरपुल, म्यानचेष्टर युनाइटेड र इभर्टनसँग अंक बराबरी गर्न सफल भएको छ । १६ अंक जोडेको चेल्सी भने शिर्ष स्थानमा छ । त्यस्तै उता आर्सनल पनि १० अंकका साथ नवौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...