शिर्ष स्थानमा उक्लियो चेल्सी (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगमा शनिबार उत्कृष्ट जित निकाल्दे चेल्सी लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रीजमा सम्पन्न खेलमा चेल्सीले दश खेलाडीमा खुम्चिएको साउथाम्पटनमाथि ३–१ को जित निकाल्यो ।

खेल शुरु भएको नवौं मिनटमै टेवोह चालोबाहले चेल्सीले खेलमा शुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ६१औं मिनटमा वार्ड प्रोजले पेनाल्टीबाट गोल गर्दै साउथाम्पटनलाई खेलमा फर्काएका थिए । यद्यपि ७७औं मिनटमा रातो कार्ड खाँदै वार्ड प्रोज मैदान बाहिरिए पछि पाहुना टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो ।

जसको फाईदा चेल्सीले उठायो । ८४औं मिनटमा टिमो वेर्नरले चेल्सीका लागि दोस्रो गोल गरे भने त्यसको पाँच मिनट लगतै बेन चिलवेलले तेस्रो गरेर घरेलु टोलीको उत्कृष्ट जित पक्का गरेका थिए ।

यो जितसँगै ७ खेलबाट १६ अंक जोडेको चेल्सी शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल १४ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै चेल्सीसाग पराजित साउथाम्पटन भने जितविहीन छ र ४ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १७औं स्थानमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...