युरोपा लिगमा लेस्टरको खराब लय जारी (भिडियोसहित)

एजेन्सी । युरोपा लिगमा खराब लयमा देखिएको लेस्टर सिटीले समूह चरणतर्फ आफ्नो दोस्रो खेलमै हारको सामना गरेको छ । समूह सी मा रहेको लेस्टरले बिहीबार राती पोलिस क्लब लेजिया वार्सासँग १–० को साँघुरो हार बेहोर्न बाध्य बन्यो ।

वार्साको घरेलु मैदानमा सम्पन्न खेलमा पहिलो हाफर्त ३१औं मिनटमा माहिर इमरेलीले गरेको एक मात्र गोल लेस्टरलाई निराश बनाउन प्रर्याप्त बन्यो । समूह चरणको आफ्नो पहिलो खेलमा लेस्टरले इटालियन क्लब नापोलीसँग २–२ को बराबरी खेलेको थियो ।

त्यस्तै बिहीबार नै भएको समूह सी तर्फको अर्को खेलमा स्पार्टक मस्कोले नापोलीलाई ३–२ ले हरायो । समूह सी मा लेस्टरलाई हराएको वार्सा ६ अंकका साथ शिर्ष स्थानमा छ । ३ अंक जोडेको मस्को दोस्रो स्थानमा रहँदा १–१ अंक जोडेका नापोली र लेस्टर क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...