डिफेन्डिङ च्याम्पियन चेल्सी स्तब्ध (भिडियोसहित)

एजेन्सी । साविक विजेता चेल्सी च्याम्पियन्स लिगतर्फ समूह चरणको आफ्नो दोस्रो खेलमै स्तब्ध बनेको छ । समूह एचमा रहेको चेल्सीले बुधबार राती इटालियन महारथी युभेन्टससँग उसकै घरमा १–० ले पराजित भएको छ ।

टुरिनमा सम्पन्न खेलमा दोस्रो हाफ शुरु भएको पहिलो मिनटमै फेडरिको चिसाले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । युभेन्टसको यो लगातार दोस्रो जित होे । यसअघि आफ्नो पहिलो खेलमा ओल्ड लेडीले माल्मोलाई ३–० ले हराएको थियो ।

२ खेलबाट ६ अंक जोडेको युभेन्टस समूह एचको शिर्ष स्थानमा छ । ३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ भने बुधबार नै माल्मोलाई ४–० जेनिट सेन्ट पिटसबर्ग समान ३ अंकका साथ तेस्रो स्थानमा छ । अंकविहीन माल्मो भने पुछारमा छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...