डटंमुण्डको जितको यात्रा जारी (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगको समूह सी मा रहेको जर्मन क्लब बोरुसिया डर्टमुण्डले आफ्नो जितको लयलाई कायम राखेको छ । मंगलबार राती डर्टमुण्डले घरमै सम्पन्न खेलमा स्र्पोटिङ सिपी माथि १–० को साँघुरो जित निकाल्यो । समूह चरणमा डर्टमुण्डको यो लगातार दोस्रो जित पनि हो ।

खेलमा डर्टमुण्डका लागि पहिलो हाफको ३७औं मिनटमा डोलयल मालेनले गरेको एक मात्र गोल घरेलु टोलीको जितमा निर्णायक बन्यो । यो जितसँगै २ खेलबाट ६ अंक जोडेको डर्टमुण्ड समूह सी को दोस्रो स्थानमा छ । समान अंक भए तापनि मंगलबार नै बेसिकटासलाई २–० ले हराएको एजाक्स राम्रो गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ ।

त्यस्तै अंकविहीन बेसिकटास र स्र्पोटिङ सिपी क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...