पिएसजीका लागि मेसीको सुन्दर डेब्यु गोल (भिडियोसहित)

एजेन्सी । लियोनल मेसीले सुन्दर गोल गरेपछि च्याम्पियन्स लिगको समूह चरणतर्फ पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इङलिस च्याम्पियन म्यानचेष्टर सिटीमाथि २–० को जित निकालेको छ ।

पेरिस स्थित पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा मेसीले दोस्रो गोल गरे जुन गोल फ्रेन्च जायन्टका लागि उनको डेब्यु गोल पनि थियो ।

खेलमा पिएसजीलाई शुरुवाती अग्रता भने आठौं मिनटमा इड्रिसा ग्वीले दिलाएका थिए । मेसीले दोस्रो हाफतर्फ ७४औं मिनटमा पिएसजीका लागि दोस्रो गोल थप्दै जित पक्का गरेका थिए ।

समूह ए कै अर्को खेलमा क्लब ब्रुगीले आरबी लिपजिगमाथि २–१ को जित निकाल्यो । मंगलबार रातीको नतिजापछि २ खेलबाट ४ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ । समान अंक भए तापनि गोलभिन्नताका आधारमा क्लब ब्रुगी पछाडी छ । ३ अंक जोडेको सिटी तेस्रो स्थानमा छ भने अंकविहनि लिपजिग पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...