लण्डन डर्बीमा आर्सनलको शानदार जित (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजनमा फितलो शुरुवात गरेको गरेको आर्सनलले विस्तार लय समाउँदैछ । त्यसैक्रममा आइतबार उत्तरी लण्डन डर्बी भिडन्तमा आर्सनलले शहरी प्रतिद्वन्द्वी टोटेनेह्याम हटसपरलाई ३–१ को फराकिलो अन्तरले हरायो ।

घरेलु मैदान इमिरेटस स्टेडियममा सम्पन्न खेलमा आर्सनलका लागि १२औं मिनटमै स्मिथ रवीले पहिलो गोलको खाता खोलेका थिए । २७औं मिनटमा गाबोन स्टार पिएरे एमरिक औबमेयाङले त्यो अग्रता दोब्बर बनाए भने ३४औं मिनटमा बुकायो साकाले तेस्रो गोल थप्दै घरेलु टोलीको जित पहिलो हाफ मै सुनिश्चित गरेका थिए ।

उता टोटेनह्यामका लागि ७९औं मिनटमा कोरियाली स्टार ह्युङ मिन सोनले एक गोल फर्काए तापनि पाहुना टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन । यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको आर्सनल १०औं स्थानमा उक्लिएको छ । उता पराजित टोटेनह्याम भने समान ९ अंकका साथ गोल भिन्नताका आधारमा पछि पर्दै ११औं स्थानमा छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...